Enter your Email Address to subscribe to our newsletters
पाकिम, 05 जून (हि.स.)। प्रतिकूल मौसम र चुनौतीपूर्ण भूभागका कारण उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा फसेका पर्यटकहरूको उद्धार गर्ने निरन्तर प्रयासको क्रममा पर्यटकहरूको दोस्रो समूहलाई आज बिहान छातेनबाट पाकिम ग्रीनफिल्ड विमानस्थलमा सफलतापूर्वक ल्याइएको छ। एक एमआई-17 हेलिकप्टरले दुई विदेशी नागरिकहरू सहित 20 जना पर्यटकहरूको सुरक्षित उद्धार सुनिश्चित गर्दै पाकिम ल्याएको छ।
उद्धार गरिएका पर्यटकहरूलाई उनीहरूको गन्तव्यसम्म पुग्न थप सहयोगका लागि राज्य सरकारले गान्तोकसम्म सहज यात्राको लागि सिक्किम राष्ट्रियकृत यातायात (एसएनटी) बसहरूको व्यवस्था गरिएको छ। यसका साथै, बागडोग्रा यात्रा गर्न चाहने पर्यटकहरूको लागि छुट्टै एमआई-17 हेलिकप्टर उडानको व्यवस्था गरिएको थियो, जसले अगाडि यात्रा गर्न चाहनेहरूलाई आवश्यक सहयोग र सुरक्षित यातायात प्रदान गर्नेछ।
राज्य सरकारले प्रतिकूल मौसम अवस्थाहरूमा पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिइरहेको राज्य सूचना एवं जनसम्पर्क विभागले बताएको छ।
हिन्दुस्थान समाचार / Bishal Gurung