Enter your Email Address to subscribe to our newsletters
पाकिम, 05 जून (हि.स.)। उत्तर सिक्किममा फसेका पर्यटकहरूको उद्धार कार्य बिहिवार बिहान पाकिम हवाईअड्डादेखि शुरू भएको छ। यस क्रममा भारतीय वायु सेनाको दुईवटा एमआई 17 हेलिकप्टरले आफ्नो पहिलो उद्धार कार्य सफलतापूर्वक पूरा गरेको छ। पहिलो समूहमा कूल 39 जनालाई छातेनबाट पाकिम ग्रीनफिल्ड हवाईअड्डा ल्याइएको छ। यसैगरी, चिता हेलिकप्टर प्रयोग गरेर चार जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
पर्यटकहरूलाई सिलगढीसम्म यात्रा गर्न सुविधा प्रदान गर्न सिक्किन सरकारले उनीहरूको सहजताको लागि एसएनटी बसहरूको व्यवस्था गरेको छ। यस अतिरिक्त, फसेका पर्यटकहरूलाई सुरक्षित रूपमा बागडोग्रासम्म एयरलिफ्ट गर्न हवाईअड्डामा एमआई-17 हेलिकप्टर तैनात रहेको राज्य सूचना एवं जनसम्पर्क विभागले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / Bishal Gurung