Hindusthan Samachar
Banner 2 शनिवार, जुलाई 21, 2018 | समय 13:04 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

सुप्रिम कोर्टको फसेलाले संविधानको रक्षा भयो- गुलाम नबी आजाद

By HindusthanSamachar | Publish Date: May 18 2018 4:07PM
सुप्रिम कोर्टको फसेलाले संविधानको रक्षा भयो- गुलाम नबी आजाद
नयाँ दिल्ली, 18 मई (हिस)। कांग्रेस नेता गुलाम नबी आजादले कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पालाई शनिबार बहुमत प्रमाणित गर्ने सुप्रिम कोर्टको निर्णयको स्वागत जनाउँदै बताएका छन्, सुप्रिम कोर्टको फसेलाले संविधानको रक्षा भएको छ। यसबाट एक पल्ट फेरि प्रमाणित भएको छ कि देशमा कानूनको राज छ। वर्तमान केन्द्र सरकार सत्तामा आएदेखि गत 2 वर्षमा अरूणाचलदेखि लिएर मणिपुर, गोवा, मेघालय आदि राज्यहरूमा कानून मुताबिक सरकार न त बनेको छ न त संविधान अनुसार सरकारहरूको गठन नै भएको छ। संविधानको अनदेखा गर्दै भारतीय जनता पार्टी (भाजपा) नेताहरूलाई मुख्यमन्त्री बनाइएको छ। सुप्रिम कोर्टले शनिबार एक प्रोटेम स्पीकरको नियुक्ति गर्नलाई भनेको छ साथै सबै विधायकहरूलाई शपथ दिलाउनलाई भनेको छ। यसपछि साँझ 4 बजी शक्ति परीक्षणको निम्ति भनेको छ। परम्परा मुताबिक, प्रोटेम स्पीकर सदनको सबैभन्दा वरिष्ठ सदस्य हुन्छ। यस बाहेक सदस्यहरूको शपथपछि सदनको स्पीकरको चुनाव हुन्छ। आजादले बताए, हामीसित सुप्रिम कोर्ट जान बाहेक अन्य कुनै विकल्प थिएन। सुप्रिम कोर्टले संविधानको रक्षा गर्दै जे पनि गऱ्यो, त्यो ऐतिहासिक हो। हामी सुप्रिम कोर्टको फसेलाको स्वागत गर्दछौं। यद्यपि, हामीलाई सुप्रिम कोर्टले कर्नाटकका राज्यपालको फसेलालाई रद्द गर्नेछ भनी अपेक्षा थियो तर सुप्रिम कोर्टले संविधानिक नियमहरूको आधारमा जुन फसेला दिएको छ, हामी त्यसको स्वागत गर्दछौं। पहिलेहरूको उदाहरणहरूबाट पत्तो लाग्छ कि बहुमत प्रमाणित गर्नको निम्ति 24 घण्टाकै समय प्राप्त हुँदै आईरहेछ, एकाध मामिलामा 7 दिनको समय दिइएको छ। तर संविधानको अनदेखा र संविधानको उल्लङ्घन गर्दै माननीय राज्यपालले सबै नियमहरूलाई अदेखा गरे। उनले यो पनि बताए, हामीले राज्यपालको निमन्त्रणाको प्रतिक्षा गरिरहेथियौं किनभने हामीलाई थाहा थियो कि भाजपासित बहुमतको आंकड़ा छैन। तर देशलाई स्तब्ध बनाउँदै राज्यपालले अल्पमत भाजपालाई सरकार बनाउने निम्तो दिए। यति मात्र होइन, राज्यपालले भाजपालाई बहुमत प्रमाणित गर्नको निम्ति 15 दिनको समय दिए। हिन्दुस्थान समाचार/ भवानी
image