Hindusthan Samachar
Banner 2 रविवार, सितम्बर 23, 2018 | समय 06:15 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

पाकिस्तानको गोलीबारीमा 2 जवान शहीद, 5 नागरिको मृत्यु, 7 घाइते

By HindusthanSamachar | Publish Date: May 18 2018 4:08PM
पाकिस्तानको गोलीबारीमा 2 जवान शहीद, 5 नागरिको मृत्यु, 7 घाइते
जम्मू, 18 मई (हिस)। जम्मू सम्भागको अन्तरराष्ट्रिय सीमामा आतंकीहरू घुसपैठ गराउने मनसायले पाकिस्तानद्वारा जारी गोलीबारीमा बीएसएफका 2 जवान शहीद भएका छन्। यस गोलीबारीमा 5 नागरिकको मृत्यु भएको छ औं 7 नागरिक घाइते भएका छन्। भारतीय सुरक्षा बलले पनि पाकिस्तानको यस गोलीबारीको मुहतोड़ जवाफ दिइऱहेछ। शहीद जवानहरूको पहिचान बीएसएफको 192 बटालियनको कन्स्टेबल सीताराम उपाध्याय निवासी पालीगञ्ज, बिहार तथा एएसआई श्रीमन्त वीशीको रूपमा भएको छ। मारिएका नागरिकहरूको पहिचान सतपाल, जगमोहन दुवै तरेवा अरनिया निवासी, तरसेम लाल, मन्जीत दुवै चन्दू चक अरनिया निवासीको रूपमा गरिएको छ। एकको पहिचान हुन सकेको छैन। खबर लेखुञ्जेलसम्म दुवैतिरबाट रोकिन्दै गोलीबारी जारी थियो। पाकिस्तानी सेनाले रातिदेखि नै आरएस पुरा, बिशनाह, साम्बा तथा अरनिया सेक्टरहरूमा स्थित भारतीय चौकीहरू तथा आवासीय क्षेत्रहरूलाई तारो बनाएर गोलीबारी गरिरहेछ। उसले गोलीबारीको साथ मोर्टार पनि फ्याँकिरहेछ। गोलीबारीमा धेरै घरहरूलाई पनि क्षति पुगेको छ। यस गोलीबारीमा दर्जनौं गाई-वस्तु पनि मारिएका छन्। आरएस पुरा तथा अरनिया सेक्टरहरूमा भारी गोलीबारीको कारण भारतीय जवानहरूले नागरिकहरूलाई बुलेटप्रूफ वाहनहरूमा सुरक्षित स्थानहरूमा पुऱ्याइरहेछन्। यस अवधिमा अन्तरराष्ट्रिय सीमादेखि पाँच किमीभित्र पर्ने सबै स्कूलहरूलाई आगामी आदेशसम्म बन्द गरिएको छ। उल्लेख्य, पाकिस्तानी सेनाले सोमबारदेखि नै लगातार राति अन्तरराष्ट्रिय सीमामा घुसपैठ गराउने उद्देश्यले गोलीबारी गरिरहेछ। हिन्दुस्थान समाचार/ भवानी
image