Hindusthan Samachar
Banner 2 रविवार, जुलाई 22, 2018 | समय 12:37 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

राज्यपालको फसेला असंवैधानिक- राहुल

By HindusthanSamachar | Publish Date: May 18 2018 2:49PM
राज्यपालको फसेला असंवैधानिक- राहुल
नयाँ दिल्ली, 18 मई (हिस)। कर्नाटकमा राजनीतिक घमासानबीच शुक्रबार सुप्रिम कोर्टले मुख्यमन्त्री बीएस येदियुरप्पालाई शनिबार साँझ चार बजी बहुमत प्रमाणित गर्नलाई भनेको छ। यसलाई लिएर नेताहरूको बयानबाजी तीव्र भएको छ। कांग्रेस अध्यक्ष राहुल गांधीले ट्वीट गरी सुप्रिम कोर्टको फसेलाले उनको दाबीमा मोहर लगाएको बताएका छन्। राहुलले बताएका छन्, उनले प्रथम दिनदेखि भनिरहेछन् कि राज्यपाल वजुभाई वालाको कदम असंवैधानिक हो। भारतीय जनता पार्टी (भाजपा) ले धोखाले सरकार बनाएको छ। भाजपासित पूर्ण बहुमत पनि छैन। अदालतले पनि यसको उल्लेख गरेको छ। अब जब कानूनी रूपमा भाजपामाथि रोक लगाइएको छ भने उसले आफ्नो शक्ति र पैसाको बलमा जनादेशलाई चोर्ने प्रयास गरिरहेछ। उल्लेख्य, कर्नाटकको 224 सदस्यीय विधानसभामा 222 सीटमा भएको चुनावमा भाजपालाई 104, कांग्रेसला 78 र जनता दल (सेकुलर) लाई 38 सीट बाहेक 2 सीट निर्दलीयहरूलाई प्राप्त भएको छ। चुनावमा कुनै पनि दललाई बहुमत हासिल भएको छैन तर सबैभन्दा ठूलो पार्टी भएको कारण राज्यपालले भाजपाका येदियुरप्पालाई शपथ दिलाए। यसलाई लिएर कांग्रेस र जनता दल (सेकुलर) ले केवल भारी विरोध भएन, मामिला सुप्रिम कोर्टसम्म पनि पुग्यो। हिन्दुस्थान समाचार/ भवानी
image