Hindusthan Samachar
Banner 2 बुधवार, सितम्बर 26, 2018 | समय 08:20 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

चीनले अमेरिकासित व्यापारिक सम्बन्ध सुधार्ने संकेत दियो

By HindusthanSamachar | Publish Date: May 18 2018 1:53PM
चीनले अमेरिकासित व्यापारिक सम्बन्ध सुधार्ने संकेत दियो
वाशिङ्गटन, 18 मई (हिस)। चीनको एक उच्चस्तरीय प्रतिनिधि मण्डलले बिहीबार अमेरिकी पदाधिकारीहरूसित चर्चा गरेर व्यापारिक सम्बन्धहरूमा आएको रूखोपनालाई समाप्त गरिने संकेट दिएको छ। चीनका राष्ट्रपति शी जिनपिङका विशेष आर्थिक सल्लाहकार ल्यू हीले 200 अरब डलरको अमेरिकी उत्पाद जस्तै- सोयाबीन, प्राकृतिक ग्यास र सेमी कन्डक्टर आदि लिइने विश्वास दिलाएका छन्। अमेरिकी अर्थशास्त्रीहरूलाई चीनका वाचाहरूमाथि विश्वास भईरहेछैन। उनीहरूको भनाई छ, चीनले यी उत्पाद अमेरिकाबाट लिए के उसले उक्त देशहरू खासगरी ब्राजीललाई रूष्ट गर्न चाहनेछ ? जसबाट उसले वर्षौंदेखि माल लिइँरहेछ। अमेरिका र चीनबीच 375 अरब डलरको कारोबार छ, जसमध्ये व्यापारिक असन्तुलनको कारण अमेरिकालाई 200 अरब डलरको क्षति भईऱहेछ। यस व्यापारिक क्षतिलाई पूरा गर्नको निम्ति दुवै देशबीच उच्च स्तरीय वार्ताको यो दोस्रो चरण हो। यस अघि मई महिनाको शुरूमा अमेरिकाका कमर्स मन्त्री विलबर रासको नेतृत्वमा एक उच्च स्तरीय प्रतिनिधि मण्डल चीनको यात्रामा गएको थियो। चीनी प्रतिनिधि मण्डलले चीनी मोबाइल र संचार कम्पनी जेडटीईमाथि लगाइएको प्रतिबन्धहरूलाई हटाइने तथा यस कम्पनीको उत्पाद कार्यमा प्रयोग हुने उपकरणहरूलाई छिटोभन्दा छिटो उपलप्ध गराउनमाथि पनि चर्चा भयो। हिन्दुस्थान समाचार/ भवानी
image