Hindusthan Samachar
Banner 2 रविवार, अप्रैल 21, 2019 | समय 09:38 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

एसकेएमद्वारा प्राद्यापकहरू विरूद्ध कार्यवाही र पुन: पोस्टल ब्यालट मतदान गर्नुपर्ने माग

By HindusthanSamachar | Publish Date: Apr 17 2019 8:05PM
एसकेएमद्वारा प्राद्यापकहरू विरूद्ध कार्यवाही र पुन: पोस्टल ब्यालट मतदान गर्नुपर्ने माग
गान्तोक, 17 अप्रेल (हिस)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिक्किम राज्य विश्वविद्यालयका कतिपय प्राद्यापकहरूको देखरेखमा चलिरहेको कथित एग्जिट पोल सर्वे विरूद्ध कड़ा आपत्ति जनाएको छ। एसकेएमले यसलाई चुनाउ आयोगद्वारा जारी गरिएको अधिसूचनाको उल्लंघन बताएको छ। यसैगरि, एसकेएमले सर्वेको निम्ति सोधिएका कतिपय प्रश्नहरूप्रति पनि कड़ा आपत्ति जनाउॅंदै उक्त सर्वेमा संलग्न प्राद्यापकहरू विरूद्ध कड़ा कार्यवाहीको पनि माग गरेको छ। एसकेएम प्रवक्ता जेकब खालिङले बुधबार राजधानीको स्थानीय एउटा होटलमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा भनेका हुन्। उनले दिल्ली आधारित एउटा सीएसडीएस नामक संस्थाको दिशानिर्देशमा आरिथाङ, नाम्ची सिंगीथांग र गेजिङ बर्मेकमा यो एग्जिट पोल सर्वे चलिरहेको दाबी गरे। सिक्किम राज्य विश्वविद्यालयका प्राद्यापक मुकुन्द गिरीको नेतृत्वमा अन्य दुई प्राद्यापक सन्तोष बस्नेत र पारसमणि दङ्गालले विश्वविद्यालयकै विद्यार्थीहरूलाई यस कार्यको निम्ति पैसा दिएर खटाएको उनले बताए। उनले एकातिर यस्तो सर्वेक्षण गर्नु चुनाउ आचार संहिताको उल्लंघन हो भने अर्कातिर विश्वविद्यालयमा पढ़्न आएका विद्यार्थीहरूलाई यस्तो कार्य गर्नु लगाएर उनीहरूका भविष्यसित पनि खेलवाड़ गरेको आरोप लगाए। यसैगरि, उनले सर्वेक्षणअन्तर्गत सामेल गरिएका प्रश्नहरूमाथि पनि कड़ा आपत्ति जनाए। उनले सर्वेमा कुन पार्टीलाई मतदान गरे भन्ने कुरा बताउनुपर्ने प्रश्न सोधिएको छ जुन एक मतदाताको गोप्य चुनाउ अधिकारको हनन् रहेको बताए। अर्कातिर, नरेन्द्र मोदीको सरकारमा मुस्लीमहरूमाथि अत्याचार भएको छ भनेर पनि प्रश्न सोधिएको उनले दाबी गरे। उनले यो प्रश्न देशको हित विरूद्ध पनि रहेको बताउॅंदै यस्तो प्रश्नले देशको साम्प्रदायिक सद्भाव भङ्ग हुन सक्ने बताए। उनले सर्वेमा संलग्न प्राद्यापकहरूले सिक्किम राज्य विश्वविद्यालयलाई दोस्रो जेएनयू बनाउने प्रयास गरिरहेको आरोप पनि लिगाए। उनले भने, शिक्षाको धरोहरलाई दोस्रो जेएनयू बनाउने काम भइरहेको छ जहॉं देशको विरोधमा नारा लाग्ने गर्दछ। उनले यो सर्वेमा संलग्न प्राद्यापकहरू विरूद्ध कड़ा कार्यवाहीको माग गर्दै उनीहरूलाई नोकरीबाटै टर्मिनेट गर्नुपर्ने माग गरे। प्रवक्ता खालिङले आफुसित भएको टेलिफोनिक वार्तालापमा यो सर्वेको निम्ति सीएसडीएसले आर्थिक सहायता नदिएको कुरा एड्मिनले बताएको दाबी गरे। तर, सिक्किममा विद्यार्थीहरूलाई सर्वेको निम्ति 2 देखि 3 हजारसम्म भुकतान गरिएको बताउॅंदै यति धेरै पैसा प्राद्यापकहरूलाई कसले दिए भनी उनले प्रश्न गरे। उनले यस्तो सर्वे एसकेएम पार्टी स्ट्रङ भएको ठाउॅंहरूमा मात्र गरिएको पनि दाबी गरे। यसरी नै उनले पोस्टल ब्यालटमा व्यापक धांधली भएको आरोप लगाउॅंदै चुनाउमा खटाइएका कर्मचारीहरूका निम्ति पुन: मतदान गर्नुपर्ने माग गरे। उनले कतिपय ठाउॅंहरूमा कर्मचारीहरूबाट जबरजस्ती पोस्टल ब्यालट जमा गर्ने कार्य भएको बताए। यसरी नै एडीसी (चुनाउ) किशोर प्रधानले कर्मचारीहरूलाई ब्यालट पेपर दिन भेदभाव गरिरहेको पनि आरोप लगाए। उनले यी विषयहरूलाई ध्यानमा राख्दै चुनाउको निम्ति खटाइएका 13 हजार कर्मचारीहरूका निम्ति आआफ्नो जिल्लामा पुन: पोस्टल ब्यालट मतदान गर्नुपर्ने माग गरे। हिन्दुस्थान समाचार/बिशाल
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image