Hindusthan Samachar
Banner 2 रविवार, अप्रैल 21, 2019 | समय 07:51 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

प्रदेश भाजपाद्वारा राज्य चुनाउ आयोगप्रति असन्तोष प्रकट

By HindusthanSamachar | Publish Date: Apr 17 2019 7:19PM
प्रदेश भाजपाद्वारा राज्य चुनाउ आयोगप्रति असन्तोष प्रकट
गान्तोक, 17 अप्रेल (हिस)। भारतीय जनता पार्टी (भाजपा) को सिक्किम प्रदेश एकाईले राज्य चुनाउ आयोगप्रति असन्तोष प्रकट गरेको छ। चुनाउ आयोगले जनसाधारणको विश्वासलाई कायम राख्न काम गर्नुपर्ने पनि प्रदेश भाजपाले बताएको। प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले राजधानीको स्थानीय एउटा होटलमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा यस आशयको जानकारी दिए। प्रदेश अध्यक्ष चौहानले चुनाउ आचार संहिता उल्लंघनबारे धेरैपल्ट चुनाउ आयोगकहॉं शिकायत गरिएको भए तापनि आयोगद्वारा कुनै कार्यवाही नभएको आरोप लगाए। राज्यका मुख्यमन्त्रीले एउटा चुनावी सभालाई सम्बोधन गर्दै खुल्लारूपमा धमकाएको, तर चुनाउ आयोगले मुख्यमन्त्री विरूद्ध कुनै कार्यवाही नगरेको बताए। उनले उत्तर प्रदेशका मुख्यमन्त्री विरूद्ध चुनाउ आयोगले कार्यवाही गर्न सक्छ भने सिक्किमका मुख्यमन्त्री विरूद्ध किन कार्यवाही गर्दैन भनी प्रश्न गरे। उनले चुनाउ आयोग डराएर मुख्यमन्त्री विरूद्ध कुनै कार्यवाही नगरेको हुन सक्ने आशंका व्यक्त गरे। जनताले गत 11 अप्रेलको दिन आफ्नो मत दिइसकेको हुनाले अब रहल दिनहरूमा जनताका मतको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताए। यस विषयमा कुनै प्रकारको गैर जिम्मावार कार्य नहोस भन्ने आयोग समक्ष उनले माग पनि गरे। अर्कातिर, कथित एग्जिट पोल अनि पोस्टल ब्यालट विवादलाई लिएर आज प्रदेश भाजपाले जिल्ला चुनाउ अधिकारीलाई भेटेर चर्चा गरेको जानकारी दिए। कर्मचारीहरूबाट जबरजस्ती पोस्टल ब्यालट संग्रह गर्ने कार्य भइरहेको घटना प्रकाशमा आएको कुरा चुनाउ अधिकारी समक्ष राख्दै उनले यस विषयमा गहन छानबिनको माग गरेको बताए। यसैगरि, अहिलेसम्म नामै नसुनेको संस्थाले सर्वेको नाममा मनमानीपूर्वक एग्जिट पोल गरिरहेको कुरा पनि प्रकाशमा आएको बताए। उनले मतदाताहरूका गोप्य मतदानको अधिकारसित छेड़छाड़ भइरहेको बताए। यस विषयमा प्रदेश भाजपाले राज्य चुनाउ आयोगदेखि लिएर मुख्य निर्वाचन अधिकारी समेतलाई शिकायत गरिसकेको उनले थप जानकारी दिए। हिन्दुस्थान समाचार/बिशाल
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image