Hindusthan Samachar
Banner 2 बुधवार, मार्च 20, 2019 | समय 07:15 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

न्यूजील्याण्ड गोलीबारीको शिकार मृतकहरूका परिवारहरूको मद्दतको निम्ति यहूदी समुदायले फण्ड जुटाउने

By HindusthanSamachar | Publish Date: Mar 17 2019 3:09PM
न्यूजील्याण्ड गोलीबारीको शिकार मृतकहरूका परिवारहरूको मद्दतको निम्ति यहूदी समुदायले फण्ड जुटाउने
लस एन्जेल्स, 17 मार्च (हिस)। अमेरिकाको यहूदी समुदायले न्यूजील्याण्डका दुई मस्जिदमा मानिसहरूमाथि अन्धाधुन्ध गोलीबारीमा मृतकहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै उनका परिवारहरूको आर्थिक मद्दतको निम्ति फण्ड एकत्र गर्ने घोषणा गरेको छ। यस सम्बन्धमा ग्रेटर पीट्सबर्ग यहूदी फेडरेशनले मृतकहरूका परिवारहरूलाई एक ठूलो सहायता राशि दिने घोषणा गरेको छ। यसको निम्ति यहूदी समुदायसित ग्रेटर पिट्सबर्ग यहूदी फेडरेशनलाई फण्ड पठाइने आग्रह गरिएको छ। शनिबार जारी एक बयानमा भनिएको छ कि गत अक्टोबरमा पीट्सबर्गमा एक बन्दूकधारीको अन्धाधुन्ध गोलीबारीमा 11 यहूदीको मृत्युपछि मुस्लिम समूदायले मृतकहरूका परिवारहरूको सहायताको निम्ति 2 लाख डलर एकत्र गरेको थियो। यहूदी समूदायले पनि मृतकहरूप्रति गहिरो संवेदना व्यक्त गर्नको साथै आफ्नो तर्फबाट फण्ड जुटाएर यी परिवारहरूको मदद गर्न चाहन्छ भनेको छ। हिन्दुस्थान समाचार/ भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image