Hindusthan Samachar
Banner 2 शनिवार, मार्च 23, 2019 | समय 14:05 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

ड्रग्स तस्करी मामिलामा नाइजेरियन पक्राउ

By HindusthanSamachar | Publish Date: Mar 17 2019 2:40PM
ड्रग्स तस्करी मामिलामा नाइजेरियन पक्राउ
नयाँ दिल्ली, 17 मार्च (हिस)। दक्षिण जिल्लाको मैदानगढ़ी थाना पुलिसले क्षेत्रमा ड्रग्सको तस्करी गरेको आरोपमा एक नाइजेरियाई नागरिकलाई पक्राउ गरेको छ। आरोपीदेखि पुलिसले लगभग 5 लाख रूपियाँ मूल्यको मेथाक्विलोन सिन्थेटिक ड्रग्स उद्धार गरेको छ। उसको पहिचान नाइजेरिया निवासी नवाने इफेमे उर्फ चूजे लागोसको रूपमा गरिएको छ। आरोपी दिल्लीमा पढ़ाई गर्न आएको थियो। पछि ड्रग्स तस्करीमा लाग्यो। पुलिस अनुसार, लामो समयदेखि मैदान गढ़ी क्षेत्रमा विदेशी नागरिकहरूद्वारा मादक पदार्थहरूको तस्करी गरिएको सूचना प्राप्त भईरहेथियो। सूचनाको आधारमा एसीपी महरौली राजेन्द्रको देखरेखमा पुलिस टीमले जाँच शुरू गऱ्यो। यहीबीच एक नाइजेरियन राजापुर एक्सटेन्शनमा आउनेछ भनी पुलिसलाई एक गुप्त सूचना प्राप्त भयो। पुलिस टीमले पनि राजापुर क्षेत्रमा ट्रेप लगाएर आरोपीलाई पक्राउ गऱ्यो। जाँचमा आरोपीदेखि मेथाक्विलोन सिन्थेटिक ड्रग्स उद्धार भयो, जसको ओजन 97 ग्राम थियो। यसको बजार मूल्य लगभग 5 लाख रूपियाँ मापिएको छ। केरकारमा आरोपीले बताएको छ कि उसले पढ़ाईको निम्ति आफ्नो कारोबार शुरू गऱ्यो तर त्यो चलेन। यही अवधिमा आरोपी ड्रग्स तस्करहरूको सम्पर्कमा आएर ड्रग्सको तस्करी गर्न थाल्यो। हिन्दुस्थान समाचार/ भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image