Hindusthan Samachar
Banner 2 गुरुवार, मार्च 21, 2019 | समय 05:27 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

उत्तर प्रदेशसित मेरो पुरानो सम्बन्ध छ: प्रियंका गान्धी

By HindusthanSamachar | Publish Date: Mar 17 2019 1:05PM
उत्तर प्रदेशसित मेरो पुरानो सम्बन्ध छ: प्रियंका गान्धी
नयॉं दिल्ली, 17 मार्च (हिस)। कांग्रेस महासचिव प्रियंका गान्धीले उत्तर प्रदेशसित उनको पुरानो सम्बन्ध रहेको बताएकी छन्। उनले यहॉंका जनताका विचारहरू जान्न र बुझ्नको निम्ति जनतासित सॉंचो संवाद गर्ने छिन्। यो अभियानअन्तर्गत प्रियंकाले सड़क मार्ग, जल मार्ग, पैदल यात्रा गरेर मानिसहरूको विचार बुझ्नेछिन्। प्रियंकाले आइतबार उत्तर प्रदेशको चार दिवसीय भ्रमणमा प्रस्थान हुनुअघि एउटा विज्ञप्ति जारी गर्दै उनको उत्तर प्रदेशसित पुरानो सम्बन्ध रहेको बताएकी छन्। उनले उत्तर प्रदेशका जनतालाई सम्बोधित गर्दै उनी यूपीको धरतीसित आत्मिक रूपले सम्बन्धित रहेको बताएकी छन्। उनले अझ भनेकी छन्, यहॉंका मानिसहरूका समस्याहरू बुझ्न म सॉंचो संवाद गर्नेछु। यहॉंका जनतासित जोडिन म जल मार्ग, बस, ट्रेन, पदयात्रा, सबै साधनद्वारा सम्पर्क गर्नेछु। उनले गंगा सच्चाइ र समानताको प्रतीक रहेको र हाम्रो संस्कृति गंगा—जमुनीको रहेको बताएकी छन्। गंगा उत्तर प्रदेशको सहारा रहेको बताउॅंदै गंगाजीको सहारा लिएर पनि उनी मानिसहरूलाई भेट्ने कुरा उनले बताएकी छन्। उल्लेखनीय छ, प्रियंका गान्धीले आफ्नो चुनावी अभियानको शुरूवात गान्धी परिवारको पैतृक शहर प्रयागराज अर्थात इलाहाबादबाट गर्नेछिन्। 18 मार्चदेखि 20 मार्चसम्म उनी प्रयागराजबाट वाराणसीबीच गंगा नदीमा जलमार्ग भएर यात्रा गर्नेछिन्। यो अवधि उनको जनसम्पर्क र अन्य धेरै कार्यक्रमहरू प्रस्तावित रहेको छ। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image