Hindusthan Samachar
Banner 2 गुरुवार, मार्च 21, 2019 | समय 22:00 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

प्रधानमन्त्री विरूद्ध अभद्र टिप्पणीको निम्ति जनताले कांग्रेसलाई जवाफ दिनेछन्: जेटली

By HindusthanSamachar | Publish Date: Mar 17 2019 1:05PM
प्रधानमन्त्री विरूद्ध अभद्र टिप्पणीको निम्ति जनताले कांग्रेसलाई जवाफ दिनेछन्: जेटली
नयॉं दिल्ली, 17 मार्च (हिस)। कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको छवि धमिल्याउने प्रयास गरेको आरोप लगाउॅंदै केन्द्रिय वित्त मन्त्री अरूण जेटलीले कड़ा जवाफ दिएका छन्। कांग्रेस अध्यक्षको यस्तो टिप्पणीको निम्ति जनताले आउॅंदो चुनाउमा कांग्रेसलाई कड़ा जवाफ दिने जेटलीले बताए। केन्द्रिय मन्त्री जेटलीले सोसियल मीडियामा बयान जारी गर्दै भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्ध कांग्रेसले जति अभद्र टिप्पणी गर्नेछ, त्यति नै जनमत कांग्रेसको विरोधमा जानेछ। कांग्रेससित केन्द्र सरकार विरूद्ध कुनै वास्तविक मुद्दा छैन, यस कारण फर्जी मुद्दा खोजिरहेका छन्। वित्त मन्त्री जेटलीको उक्त टिप्पणी मोदीको नयॉं अभियान ''म पनि चौकीदार हूॅं'' लाई लिएर कांग्रेस नेताहरूले गरेको आलोचना र ट्रोलको एक दिनपछि आएको छ। प्रधानमन्त्रीले शनिबार सोसियल मीडियामा उक्त अभियानको शुरूवात गर्दै मानिसहरूलाई यो अभियानसित जोडिने अपील गरेका थिए। कांग्रेस अध्यक्ष राहुल गान्धीले यसको उपहास गर्दै मोदीको रक्षात्मक ट्वीटको कारण सोधेका थिए। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image