Hindusthan Samachar
Banner 2 गुरुवार, मार्च 21, 2019 | समय 04:55 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

कर्तव्यहीनता र मनमानीको आरोपमा थानाध्यक्ष निलम्बित

By HindusthanSamachar | Publish Date: Mar 17 2019 12:54PM
कर्तव्यहीनता र मनमानीको आरोपमा थानाध्यक्ष निलम्बित
छपरा, 17 मार्च (हिस)। प्रमण्डलीय मुख्यालय छपरा नगर थानाका अध्यक्ष सह पुलिस निरीक्षक निगम कुमार वर्मालाई कर्तव्यहीनता र सरकारी आदेशको अवहेलना महॅंगो साबित भयो। डीजीपी गुप्तेश्वर पाण्डेयको निर्देशमा सारणका पुलिस अधीक्षक ह​रकिशोर रायले आइतबार नगर थाना अध्यक्षलाई निलम्बित गर्दै लाइन हाजिरको आदेश दिए। साथै नगर थानाका मुन्सीलाई पनि निलम्बित गरिएको छ। हालैमा पदास्थापित पुलिस निरीक्षक निगम कुमार वर्मामाथि थानाध्यक्षको रूपमा मनमानी गरेको आरोप छ। शहरको विधि व्यवस्था तथा अपराध नियन्त्रणमा विफल वर्मा विरूद्ध स्टेशन डाइरी लामो समयसम्म लम्बित राखेको आरोप पनि छ। तिनी विरूद्ध डीजीपीसित मानिसहरूले शिकायत गरेका थिए भने डीजीपीले पुलिस अधीक्षकलाई नगर थानाको छड़के निरीक्षण गर्न निर्देश दिएका थिए। छड़के निरीक्षणमा धेरै अनियमितता पाइएपछि एसपीले नगर थानाध्यक्ष र मुन्सीलाई निलम्बित गर्दै लाइन हाजिरको आदेश दिएका हुन्। वर्मा नगर थानाध्यक्षको रूपमा एक महीनाअघि मात्र पोस्टिङ भएका थिए। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image