Hindusthan Samachar
Banner 2 बुधवार, मार्च 20, 2019 | समय 06:31 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

सुषमा स्वराज मालदीवको दुई दिवसीय यात्रामा

By HindusthanSamachar | Publish Date: Mar 17 2019 12:34PM
सुषमा स्वराज मालदीवको दुई दिवसीय यात्रामा
नयॉं दिल्ली, 17 मार्च (हिस)। विदेश मन्त्री सुषमा स्वराज आइतबार मालदीवको दुई दिवसीय यात्रामा प्रास्थान भएकी छन्। यात्राको उद्देश्य दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ़ बनाउनु रहेको छ। विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटद्वारा उक्त जानकारी दिएका छन्। उनले भनेका छन्, दुई देशबीचको सम्बन्धमा भइरहेको सुधारलाई अझ दरिलो बनाउनु पर्नेछ। मालदीवका विदेश मन्त्री अब्दुल्ला शाहिदको निमन्त्रणामा विदेश मन्त्री सुषमा स्वराज आज दुई दिवसीय यात्रामा मालदीव प्रस्थान भइरहेकी छन्। विदेश मन्त्रीले व्यस्त कार्यक्रमबीच मालदीवका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र अन्य महत्वपूर्ण गण्यमान्य व्यक्तिहरूसित पनि भेटघाट गर्नेछन्। सुषमा स्वराजसित विदेश सचिव विजय गोखलेसहित एक उच्च स्तरीय आधिकारिक शिष्टमण्डल पनि मालदीव प्रस्थान भएको छ। विदेश मन्त्रीले संसदका अध्यक्ष कासिम इब्राहिम र विदेश मन्त्री अब्दुल्ला शाहिदसित पनि भेट्ने कार्यक्रम रहेको छ। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image