Hindusthan Samachar
Banner 2 शनिवार, मार्च 23, 2019 | समय 14:13 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

शान्तिवार्तालाई लिएर अमेरिका र अफगानिस्तानबीच तिक्तता

By HindusthanSamachar | Publish Date: Mar 17 2019 12:24PM
शान्तिवार्तालाई लिएर अमेरिका र अफगानिस्तानबीच तिक्तता
लस एञ्जल्स, 17 मार्च (हिस)। अफगानिस्तानमा अमेरिकी विशेष प्रतिनिधि जलमय खलीलजादको नेतृत्वमा तालिबानसित शान्तिवार्तालाई लिएर अमेरिका र अफगानिस्तानबीच तिक्तताको संकेत देखिॅंदैछ। अफगानिस्तानका राष्ट्रपति अशरफ गनीका विश्वस्त राष्ट्रिय सुरक्षा सल्लाहकार हम्मादुल्ला मोहिबद्वारा अमेरिकी प्रतिनिधि जलमय खलीलजादको शान्ति प्रयास विरूद्ध औंला उठाएकोमा अमेरिकी विदेश विभागले कड़ा आपत्ति जनाएको छ। विदेश विभागमा राजनीतिक मामिलाका एक उच्चाधिकारी डेविड हालेले यस सन्दर्भमा हम्मादुल्ला मोहिबलाई विभागमा बोलाएर हकारेको बताइएको छ। मोहिबलाई कड़ा शब्दमा जलमय खलीलजादको शान्ति प्रयासमाथि औंला उठाउनु र उनको कार्यमाथि शंका गर्नु भनेको अमेरिकी विदेश विभागमाथि औंला उठाउनु रहेको बताइयो। अफगानिस्तानका सुरक्षा सल्लाहकारद्वारा यस्तो समयमा शंका गर्नुले दुई देशको सम्बन्धबीच प्रतिकूल प्रभाव पर्न सक्ने पनि सजग गराइयो। उल्लेखनीय छ, हम्माजुल्लद मोहिबले हालैमा अमेरिकामा आयोजित एक पत्रकार सम्मेलनमा भनेका थिए, शान्तिवार्मामा जलमय खलीलजादले अफगानिस्तान सरकारलाई अदेखा गर्दैछ। तालिबानको अस्तित्वलाई बढ़ाइ-चढ़ाइ बताउने गरिरहेका छन्। जलमय खलीलजादले अफगानिस्तानमा आफ्नो राजनीतिक अभिलाषालाई पूरा गर्ने काम गरिरहेका छन्। अर्कातिर, अमेरिकी विदेश विभागले हम्मादुल्लाको भनाइ निराधार रहेको बताउॅंदै खलीलजादको वकालत गरेको छ। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image