Hindusthan Samachar
Banner 2 बुधवार, मार्च 20, 2019 | समय 06:16 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

आसनसोल सुपर स्पेशियालिटी अस्पतालको पॉंचौं तलाबाट हामफाल्दा मृत्यु

By HindusthanSamachar | Publish Date: Mar 17 2019 12:03PM
आसनसोल सुपर स्पेशियालिटी अस्पतालको पॉंचौं तलाबाट हामफाल्दा मृत्यु
आसनसोल, 17 मार्च (हिस)। आसनसोल सुपर स्पेशियालिटी अस्पतालको पॉंचौं तलाबाट एक उपचाराधीन व्यक्तिले हामफाल्दा घटनास्थलमै उसको मृत्यु भएको छ। मृतक व्यक्तिको पहिचान तापस बाउड़ी (40) को रूपमा गरिएको छ। मृतक परिवारले यो घटनापछि अस्पताल विरूद्ध लापरवाहीको आरोप लगाएको छ। यसका साथै मृतक परिवार र अन्य उपचाराधीन बिरामीहरूका परिवारले मिलेर अस्पताल प्रबन्धन विरूद्ध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार तापस बाउड़ी सलानपुरको बोलकुण्डा निवासी थिए। गत विहीबार उसको पेट दुख्न थालेपछि अस्पतालमा भर्ती गरिएको थियो। अस्पताल सूत्र अनुसार आइतबार बिहान उसले अस्पतालको पॉंचौं तलाबाट हामफाले। मृतक परिवारले बताए अनुसार बिरामी हिजो रातीसम्म ठीकै थिए। डाक्टरले स्वास्थ्य रहेको बताउॅंदै घर जान सक्ने कुरा गरेका थिए। तर, आज बिहान अचानक अस्पतालको पॉंचौं तलाबाट हामफाल्यो। अस्पताललाई फोन नम्बर छोडिराखेका थियौं, तर अस्पतालले यस घटनाबारे जानकारी दिएन। मृतकका परिवारले यस घटनामा अस्पतालको लापरवाही रहेको आरोप लगाएको छ। उपचाराधीन व्यक्ति अस्पतालको दोस्रो तलामा थिए, तर उनी पॉंचौं तलामा गएर हामफालेको बताइएको छ। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image