Hindusthan Samachar
Banner 2 बुधवार, मार्च 20, 2019 | समय 06:43 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

भारी मात्रामा विस्फोटक जफत

By HindusthanSamachar | Publish Date: Mar 17 2019 12:01PM
भारी मात्रामा विस्फोटक जफत
कोलकाता, 17 मार्च (हिस)। चुनाउ पूर्व हिंसा रोक्न सक्रिय राज्य सीआईडीको टीमले एकपल्ट फेरि भारी मात्रामा विस्फोटक जफत गर्न सफल बनेको छ। यो विस्फोटक बीरभूम जिल्लाबाट जफत गरिएको हो। आइतबार सीआईडीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार तेलङ्गानाबाट बीरभूम आइपुगेको एउटा ट्रकलाई शनिबार राती बेलियातोड़ जोड़ा होटल छेउ रोकेर छानबिन गरियो। ट्रकबाट 66 प्याकेट डेटोनेटर, 250 प्याकेट जिलेटिन स्टिक, 229 बोरा अमोनियम नाइट्रेट जफत गरियो। ट्रक चालकलाई समातेर जॉंच शुरू गरिएको छ। ट्रक चालकले उक्त विस्फोटकहरू कहॉं लिएर गइरहेका थिए र कहॉंबाट लिएर आएका थिए आदि विषय सोधीखोजी गरिरहेको छ। सीआईडीले ट्रक चालकको नाम सार्वजनिक गरेको छैन। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image