Hindusthan Samachar
Banner 2 गुरुवार, मार्च 21, 2019 | समय 21:01 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

बम विस्फोटमा शिशुको मृत्यु

By HindusthanSamachar | Publish Date: Mar 17 2019 11:38AM
बम विस्फोटमा शिशुको मृत्यु
उत्तर दिनाजपुर, 17 मार्च (हिस)। उत्तर दिनाजपुर जिल्लाको गोयालपोखर ग्राम पञ्चायतको गोयालपोखर थाना अन्तर्गत झाड़बाड़ी ग्राममा शनिबार राती बफ विस्फोट हुॅंदा एक शिशुको मृत्यु भएको छ। पुलिस सूत्र अनुसार मृत शिशुको नाम मोहम्मद नौशाद (06) हो। यो घटनापछि क्षेत्रका मानिसहरू आतङ्कित बनेका छन्। स्थानीय सूत्र अनुसार गोयालपोखर ग्राम पञ्चायत अन्तर्गत झाड़बाड़ी ग्राम निवासी शोएब अलीको घरमा पहिलादेखि नै केही बम थियो। शोएब र उसको भाई अनवर क्षेत्रमा तृणमूल कांग्रेसको गुण्डाको रूपमा चर्चित छन्। शोएब विरूद्ध विभिन्नमा आपराधिक मामिलाहरू पनि दर्ता रहेको छ। शनिबार राती अनवर अलीको छोरो नौशाद घरमा बमसित खेलिरहेका थिए, त्यही समय अचानक विस्फोट भयो। यस घटनामा नौशाद गम्भीर रूपमा घाइते भए। उसलाई किशनगंज मेडिकल कलेज अस्पतालमा पऱ्याइयो, तर चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। घटनाबारे जानकारी पाएपछि पुलिसले शव आफ्नो अधीनमा लिएर पोस्टमार्टमको निम्ति पठायो। यस घटनाबारे पुलिसले जॉंच गरिरहेको छ। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image