Hindusthan Samachar
Banner 2 बुधवार, मार्च 20, 2019 | समय 06:21 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

दक्षिणेश्वर मन्दिर छेउको बस्तीमा आगलागी, 25 झोपड़ी खरानी

By HindusthanSamachar | Publish Date: Mar 17 2019 11:35AM
दक्षिणेश्वर मन्दिर छेउको बस्तीमा आगलागी, 25 झोपड़ी खरानी
कोलकाता, 17 मार्च (हिस)। कोलकाताको दक्षिणेश्वर मन्दिर छेउ शनिबार राती भयावह आगलागी भयो। आगलागीमा लगभग 25 वटा झोपड़ी जलेर खरानी भएको छ। आगो निभाउन अग्निशनम विभागको 15 वटा गाड़ीलाई लगभग तीन घण्टा समय लाग्यो। यद्यपि, यो घटनामा कसैलाई चोटपटक भने लागेन। के कारणले आगलागी भयो भन्ने कुरा पनि स्पष्ट भएको छ। प्रारम्भिक चरणको जॉंचपछि कुनै एउटा झोपड़ीमा खाना पकाउॅंदा आगो लागेर फैलिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। दक्षिणेश्वर मन्दिर ठीक छेउमा यो बस्ती अवस्थित रहेको हुॅंदा आपदा प्रबन्धनको एउटा ठूलो दल घटना स्थलमा पुगेको थियो। 25 वटा झोपड़ी झल्दा फैलिएको धुॅंवाका कारण नानीहरू, वरिष्ठ नागरिकहरू र महिलाहरूलाई स्वास प्रवासमा समस्या भएको थियो। पुलिसले उनीहरूलाई सुरक्षित ठाउॅंमा लिएर गए। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image