Hindusthan Samachar
Banner 2 शनिवार, मार्च 23, 2019 | समय 14:33 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

अवैध गन फ्याक्ट्रीमा छापामारी, ठूलो संख्यामा अवैध हथियार जफत

By HindusthanSamachar | Publish Date: Mar 17 2019 11:12AM
अवैध गन फ्याक्ट्रीमा छापामारी, ठूलो संख्यामा अवैध हथियार जफत
धनबाद, 17 मार्च (हिस)। धनबाद जिल्लाको झरिया थानाअन्तर्गत हामिद नगरमा अवैध गन फ्याक्ट्रीमा छापामारी गरेर पुलिसले ठूलो संख्यामा अवैध हतियार जफत गरेको छ। शनिबार अबेर राती एसएसपी किशोर कौशलले सूचनाको आधारमा छापामारी गरेर अवैध गन फ्याक्ट्रीको खुलासा गरेका हुन्। छापामारीमा पुलिसले गन फ्याक्ट्रीका मालिकलाई पक्राउ गरेको छ। पुलिसलाई झरियाको हामिद नगरमा ठूलो संख्यामा अवैध ​हतियार निर्माण भइरहेको छ भन्ने सूचना प्राप्त भएको थियो। पुलिसले शनिबार अबेर राती एउटा घरमा छापामारी गर्दा घरभित्र एउटा कारखाना चलाइएको थाहा लाग्यो। छापामारीमा पुलिसले ठूलो संख्यामा तयार र अर्धनिर्मित पिस्टोल भेटायो। पुलिसले कारखानाका मालिक शब्बीरलाई पक्राउ गरेको छ। स्थानीय सूत्र अनुसार शब्बीरका साथै अन्य चार जनालाई पनि पक्राउ गरिएको छ। उनीहरू मुंगेर निवासी रहेको बताइएको छ। एसएसपी किशोर कौशलले यो अवैध गन फ्याक्ट्रीबाट अपराधीहरूले हतियार सप्लाई गर्ने गरेको बताए। यस सम्बन्धमा अझ अन्य मानिसहरूलाई पनि पक्राउ गरिने उनले बताए। उनले जुन घरमा यो कारखाना चलिरहेको थियो त्यस घरका मालिक भोलू पहिले पनि तांबा र पीलतको तस्करीमा जेल गइसकेको जानकारी दिए। हिन्दुस्थान समाचार/​भवानी
लोकप्रिय खबरें
फोटो और वीडियो गैलरी
image