Hindusthan Samachar
Banner 2 बुधवार, दिसम्बर 12, 2018 | समय 15:13 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

अग्निकाण्डका सहयोगीप्रति कृतज्ञता प्रकट

By HindusthanSamachar | Publish Date: Oct 13 2018 9:50PM
अग्निकाण्डका सहयोगीप्रति कृतज्ञता प्रकट
गान्तोक, 13 अक्टोबर (हिस)। पूर्व सिक्किमको रिनाक खाम्दोङमा 8 अक्टोबरको राति बाल कुमार छेत्रीको काठको घर जलेर खरानी भएको थियो। उक्त घटनामा अग्नीपिड़ितको सहयोगमा आउने सबैलाई बाल कुमार छेत्री र उनका परिवारले कृतज्ञता प्रकट गरेका छन्‌। उनले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय पुलिस स्टेशनबाट प्रवीण लामीछाने, एसटी लेप्चा, सुवास सुब्बा, श्याम सुब्बा, अग्नीशमन विभागका सम्पूर्ण टोली, क्षेत्र विधायक विक्रम प्रधान, रंगेलीका महकुमा अधिकारी एबी गुरुङ, वार्ड पञ्चायत नवीन छेत्री रिनाक जीपीयूका पञ्चायत सभापति भूषण अधिकारीलगायत मीडियाकर्मीहरूप्रति उनले विपदको समय सहयोगको हात बढाएर सराहनीय कदम उठाएको भन्दै आभार एवं कृतज्ञता प्रकट गरेका छन्‌। हिन्दुस्थान समाचार/बिशाल
image