Hindusthan Samachar
Banner 2 रविवार, जुलाई 22, 2018 | समय 21:52 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

राहुल गांधीले राजस्थान, छत्तीसगढ़, मध्य प्रदेशको चुनाव अभियानको बैठक गरे

By HindusthanSamachar | Publish Date: Jul 14 2018 1:54PM
राहुल गांधीले राजस्थान, छत्तीसगढ़, मध्य प्रदेशको चुनाव अभियानको बैठक गरे
नयाँ दिल्ली, 14 जुलाई (हिस)। कांग्रेस अध्यक्ष राहुल गांधीले शनिबार बिहान राजस्थान, छत्तीसगढ़, मध्यप्रदेश प्रभारी र प्रदेश अध्यक्षहरूको साथ चुनाव अभियानको बैठक गरे। यसमा यी तीनै राज्यमा सत्तामा फिर्ती गर्नको निम्ति ठोस रणनीति बनाइयो। पार्टीको यो चुनाव अभियान बैठक 12 तुगलक लेनस्थित राहुल गांधीको आवासमा गरियो। यस बैठकमा मध्यप्रदेश कांग्रेस अध्यक्ष कमलनाथ, राजस्थान प्रदेश अध्यक्ष सचिन पायलट, राजस्थान प्रदेश प्रभारी अविनाश पाण्डे, मध्य प्रदेशका प्रभारी दीपक बाबरिया र छत्तीसगढ़का प्रभारी पीएल पुनिया सामेल भए। बैठक समाप्त भएपछि कमलनाथले जानकारी गराउँदै बताए, राहुल गांधीले चुनाव अभियानको बैठक गरे। यस बैठकमा राहुल गांधी र पार्टीका अन्य वरिष्ठ नेताहरूले कहाँ-कहाँ जनसभा गर्नेछन्, चुनावलाई लिएर राज्य स्तरमा कस-कससित बैठक गर्नेछन् भनी तय गरियो। कमलनाथले मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिहं चौहानलाई विकासको मुद्दाहरूलाई घेर्दै मध्य प्रदेशमा शिवराज सिहंले जुन आशीर्वाद यात्रा निकालिरहेछन्, त्यसको साटो उनले क्षमा यात्रा निकाल्नुपर्ने बताए। राजस्थान कांग्रेस प्रदेश अध्यक्ष सचिन पायलटले बताएका छन्, कांग्रेसको राजस्थानमा राम्रो स्थिति छ। ‘मेरो बूथ मेरो गौरव’ अभियान 190 विधानसभासम्म पुगेको छ। हामी राहुल गांधीको कार्यक्रमको निम्ति छिट्टै तयारीहरू शुरू गर्नेछौं। कांग्रेसको सभा औं ऱ्यालीहरू शुरू गरिनेछ। ‘अन्तिम व्यक्ति अन्तिम गल्ली’ सम्म पुग्नु हाम्रो लक्ष्य हो। भाजपालाई राजस्थानभित्रै रोक्नको निम्ति कांग्रेस नै काफी छ। कांग्रेसलाई गठबन्धनको आवश्यकता छैन। राहुल गांधीको राजस्थान यात्रालाई लिएर पनि चर्चा भयो। कांग्रेसले राजस्थानमा कसैसित पनि गठबन्धन गर्नेछैन। हिन्दुस्थान समाचार/ भवानी
image