Hindusthan Samachar
Banner 2 बुधवार, सितम्बर 26, 2018 | समय 02:20 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

‘हिन्दू पाकिस्तान’ बयानमा शशि थरूरलाई कोलकाता कोर्टबाट नोटिस

By HindusthanSamachar | Publish Date: Jul 14 2018 1:54PM
‘हिन्दू पाकिस्तान’ बयानमा शशि थरूरलाई कोलकाता कोर्टबाट नोटिस
कोलकाता, 14 जुलाई (हिस)। ‘हिन्दू-पाकिस्तान’ बयानलाई लिएर कोलकताको ब्याङ्कसाल कोर्टले पूर्व केन्द्रिय मन्त्री एवं कांग्रेस सांसद शशि थरूरलाई समन जारी गरी 14 अगस्तमा पेश हुनलाई भनेको छ। थरूरले भनेका थिए, यदि 2019 मा भाजपा पुनः सत्तामा आए देश ‘हिन्दू पाकिस्तान’ बन्नेछ। अधिवक्ता सुमित चौधरीले हिन्दूहरूको भावनालाई आघात पुऱ्याएको, संविधानको अपमान गरेको, दुई समुदायबीच हिंसा भड्काउने औं देश विरोधी षड़यन्त्र रचेको आऱोप लगाउँदै ब्याङ्कसाल कोर्टमा थरूरविरूद्ध जनहित याचिका दर्ता गरेका छन्। उनीविरूद्ध आईपीसीको धारा 153-ए र 295-ए अन्तर्गत मामिला दर्ता गरिएको छ। यस मामिलामा शनिबार अवकाश पीठमा सुनवाई भयो औं न्यायाधीशले थरूरलाई 14 अगस्तको दिन हाजिर हुने समन जारी गरेका छन्। ज्ञात होस्, जहाँ एकातिर तीन दिन अघि कांग्रेस अध्यक्ष राहुल गांधीले मुस्लिम बुद्धिजीवीहरूसित कुराकानी गर्दै कांग्रेस मुसलमानहरूको पार्टी हो भनेका थिए त्यही अर्कोतिर, केरलामा एक जनसभालाई सम्बोधित गर्दै थरूरले यदि 2019 मा भाजपा सत्तामा आए तब भारत ‘हिन्दू-पाकिस्तान’ बन्नेछ एवं अल्पसंख्यकहरूलाई यहाँ जीउन नदिने भनेका थिए। उनको यही टिप्पणीलाई लिएर देशभऱिमा तीखो प्रतिक्रिया भएको थियो। हिन्दू सगंठनहरूले उनीविरूद्ध विरोध प्रदर्शन गरेका छन् भने भाजपाले बताएको छ कि हिन्दूहरूको भावनालाई अपमानित गरी कांग्रेसले मुस्लिम तुष्टिकरणको प्रय़ास गरिरहेछ तथा अति सहिष्णु शान्तिप्रिय हिन्दू समुदायलाई आतंकवादसित जोड्ने प्रय़ास भईऱहेछ ताकि कांग्रेसको अल्पसंख्यक भोट ब्याङ्क कायम रहोस्। हिन्दुस्थान समाचार/ भवानी
image