Hindusthan Samachar
Banner 2 रविवार, नवम्बर 18, 2018 | समय 13:57 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

गुरू पूर्णिमामा वर्षको सबैभन्दा लामो चन्द्रग्रहण

By HindusthanSamachar | Publish Date: Jul 14 2018 1:16PM
गुरू पूर्णिमामा वर्षको सबैभन्दा लामो चन्द्रग्रहण
झुन्झनु, 14 जुलाई (हिस)। आगामी गुरू पूर्णिमा अर्थात् 27 जुलाईको दिन यस वर्षको दोस्रो एवं सबैभन्दा लामो 3 घण्टा 55 मिनटसम्मको खग्रास चन्द्रग्रहण लाग्नेछ। यस अघि गत 31 जनवरीको दिन माघे पूर्णिमामा चन्द्रग्रहण लागेको थियो, जसको अवधि 3 घण्टा 24 मिनट थियो। यस पल्ट यो ग्रहण रातिको 11 बजेर 54 मिनटमा शुरू भएर बिहान 3.49 बजी समाप्त हुनेछ। लगभग चार घण्टासम्म लाग्ने ग्रहणको सूतक दिउँसो 2.54 बजी शुरू हुनेछ। चन्द्रग्रहण पूरा भारत समेत धेरै देशहरूमा देखा पर्नेछ। यस अघि यति लामो चन्द्रग्रहण 26 जुलाई 1953 मा लागेको थियो। यसपछि धेरै चन्द्र ग्रहण लागे तर ती यसभन्दा कम अवधिका थिए। यस वर्षको पहिलो चन्द्र ग्रहण 31 जनवरी साझँ 5.19 देखि राति 8.43 बजीसम्म लागेको थियो। यसको अवधि 3 घण्टा 24 मिनट थियो। 27 जुलाईमा लाग्ने चन्द्रग्रहण आषाढ़ शुक्ल उत्तराषाढ़ा नक्षत्रमा रहनेछ। यस दिन चन्द्रमा मकर राशिमा रहनेछ। केतु पनि यही राशिमा रहनेछ। 07 अगस्त 2017 मा खण्डग्रास चन्द्र ग्रहण लागेको थियो। वर्ष 2019 मा दुई सूर्य एवं एक चन्द्रग्रहण लाग्नेछ। संयोगवश यी तीनै ग्रहण भारतमा देखिनैछैन। चन्द्रग्रहण भएपनि यसपल्ट जून कालो नभएर तांबा रंगको जस्तो सुन्तले वा गहिरो रातो देखा पर्नेछ। यो यसैले हुन्छ किनभने यस समय सूर्य र जूनबीच पृथ्वी आउँछ, जसले गर्दा जूनसम्म पूरा प्रकाश पुग्दैन। सूर्य ग्रहण सरह चन्द्र ग्रहण हेर्नुको निम्ति खास उपकरणको जरूरत हुँदैन। यो नांगो आँखाले हेर्न सकिन्छ। यो पूर्ण रूपमा सुरक्षित छ। हिन्दुस्थान समाचार/ भवानी
image