Hindusthan Samachar
Banner 2 बुधवार, सितम्बर 26, 2018 | समय 21:04 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

भाजपाको लोकसभा चुनावमा 51 प्रतिशत भोट पाउने लक्ष्य

By HindusthanSamachar | Publish Date: Jul 14 2018 1:16PM
भाजपाको लोकसभा चुनावमा 51 प्रतिशत भोट पाउने लक्ष्य
नयाँ दिल्ली, 14 जुलाई (हिस)। भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी लोकसभा चुनावमा 51 प्रतिशत भोट पाउने लक्ष्य राखेका छन्। यसको निम्ति अहिलेदेखि नै दिनहुँ बैठक, ऱ्याली, सभा, यात्राको क्रम शुरू गरिएको छ औं कार्यकर्ताहरूलाई पनि लगाइएको छ। तर मोदी –शाहको 51 प्रतिशत लक्ष्यबारे सबैले यति ठूलो लक्ष्यलाई कसरी हासिल गर्ने ? कसरी 284 लोकसभा सीट पाएको भाजपाले 2019 को लोकसभा चुनावमा 51 प्रतिशत भोट पाउनेछ ? भनी प्रश्न चिह्न खड़ा गर्न थालेका छन्। अहिलेसम्मको स्वतन्त्र भारतको इतिहासमा कुनै पनि लोकसभा चुनावमा कुनै पनि शासक, व्यक्ति वा उसको पार्टीले यति धेरै भोट पाएको छैन। अहिलेसम्म कुनै पनि पार्टीलाई लोकसभा चुनावमा 50 प्रतिशत भोट प्राप्त भएको छैन। पण्डित जवाहर लाल नेहरूलाई 1952 मा 44 प्रतिशत भोट प्राप्त भएको थियो। त्यस समय सम्पूर्ण भारतमा कांग्रेसको एकछत्र राज थियो। कांग्रेसको सामू कुनै विपक्ष थिएन। पण्डित जवाहर लाल नेहरूको वर्चस्व पनि धेरै थियो। तरैपनि त्यस समय उनको पार्टीलाई 44 प्रतिशत भोट प्राप्त भएको थियो। पाकिस्तानसित युद्धमा जित र त्यसको दुई भाग गरी बांग्लादेश बनाएपछि 1971 को लहरमा इन्दिरा गांधीलाई लोकसभा चुनावमा 43.68 प्रतिशत भोट प्राप्त भएको थियो। इन्दिरा गांधीको हत्या पश्च्यात सहानुभूति लहरमा उनका छोरा राजीव गांधीलाई 49.10 प्रतिशत भोट र 415 सीट प्राप्त भएको थियो। आजसम्म यतिको सीट र यति प्रतिशत भोट कुनै पार्टीलाई प्राप्त भएको छैन भने मोदी-शाहको भाजपाले 2019 को लोकसभा चुनावमा कसरी 51 प्रतिशत भोट र 415 भन्दा अधिक सीट हासिल गर्नेछ ? यसमा सबैको नजर रहेको छ। मोदी-शाहले यस्तो के गर्नेछन् कि भोटरहरू पागल भएर केवल भाजपालाई नै भोट हाल्नेछन्। यसबारे पनि मानिसहरूले भन्न थालेका छन् कि यो त या भनाई मात्र हो या फेरि ईवीएमको चमत्कार। हिन्दुस्थान समाचार/ भवानी
image