Hindusthan Samachar
Banner 2 गुरुवार, जुलाई 19, 2018 | समय 11:38 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

मेक्डोनल्डका तीन हजार रेस्टुरेन्टबाट सलाद हटाइयो

By HindusthanSamachar | Publish Date: Jul 14 2018 11:35AM
मेक्डोनल्डका तीन हजार रेस्टुरेन्टबाट सलाद हटाइयो
लस एन्जेल्स, 14 जुलाई (हिस)। मेक्डोनल्डलेले मिड वेस्टमा इलिनोईस र ओहायोका लगभग तीन हजार रेस्टुरेन्टमा सतर्कता कारणहरूले सलाद बिक्री गर्न बन्द गरेको छ। यो सलाद खाँदा इलिनोईस र ओहायोमा गत महिना र यस महिनाको शुरूआतमा एक सय जना मानिस एक खास किसिमको आंतहरूमा संक्रमणको कारण अस्वस्थ भएका थिए। इलिनोईसमा सार्वजनिक स्वास्थ्य विभागमा निदेशक डा. नीरव डी शाह अनुसार, पछिल्ला केही दिनदेखि यस रेस्टुरेन्टको सलाद खाँदा घबराहट, थकान र पखाला जस्ता शिकायतहरू आईरहेको थियो। यसको जाँच गर्दा यो पाइयो कि सलादमा लेट्स अर्थात् सलादको एक खास किसिमको पत्ता हुन्छ जसमा साइक्लोसपोरायसिसको संक्रमणले यस प्रकारको लक्षण हुन्छ। यस बाहेक संक्रमणका अन्य कुन-कुन कारण हुन सक्छन्, विभाग यसको पत्तो लगाउनमा जुटेको छ। ओहायोमा 15 र इलिनोईसमा 90 रोगीले अस्पतालमा उपचार गर्दा मेक्डोनल्डको सलाद खाएको शिकायत गरेका थिए। यसमा कम्पनीले दुवै राज्यमा सलाद बिक्रीमा रोक लगाएको छ। हिन्दुस्थान समाचार/ भवानी
image