Hindusthan Samachar
Banner 2 रविवार, नवम्बर 18, 2018 | समय 13:08 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

प्रवासी भारतीय व्यापारीलाई सात वर्षको जेलको सजाय

By HindusthanSamachar | Publish Date: Jul 14 2018 11:32AM
प्रवासी भारतीय व्यापारीलाई सात वर्षको जेलको सजाय
न्यूयार्क, 14 जुलाई (हिस)। एक महिलाको साथ कथित रूपमा दुर्व्यवहार तथा मारपीट गरेको आऱोपमा नर्थ केरोलाइनाका भारतीय अमेरिकी व्यापारी संजय त्रिपाठीलाई सात वर्ष जेलको सजाय सुनाइएको छ। एक स्थानीय दैनिक अनुसार, हालैमा सुप्रिम कोर्टको जारी आदेशानुसार, 48 वर्षीय त्रिपाठीविरूद्ध सात वर्षको सजायको आदेश सुनाइयो। यसमा त्रिपाठीले अदालतसित क्षमा याचना गरे तर कुनै सुनवाई भएन। आदेशमा बताइएको छ कि अभियुक्तले टाइम्स स्क्वायर नजिक एक होटलमा 15 जून 2016 मा नोर्वेकी एक महिलाको साथ जबरदस्ती, दुर्व्यवहार गरे तथा कुटपीट गरी उसलाई घाइते बनाए। यस मामिलामा महिलाको नाम उजागर गरिएको छैन। हिन्दुस्थान समाचार/ भवानी
image