By HindusthanSamachar | Publish Date: Jul 14 2018 11:33AMलस एन्जेल्स, 14 जुलाई (हिस)। शिकागो बिजनेस एजुकेशनमा गुरूको नामले चर्चित प्रो. दीपक जैनलाई चीन-यूरोप मार्केटिङ र ग्लोबल बिजनेस स्कूलको प्रेसिडेन्ट मनोनीत गरिएको छ। उनले नोभेम्बर महिनामा कार्यभार सम्हाल्नेछन्। 61 वर्षीय प्रो. जैनले बताएका छन् कि गत तीन-चार दशकमा चीनले जुन आर्थिक जगतमा वृद्धि गरेको छ, त्यो अद्वितीय छ। यसबाट चीनले अमेरिका पश्च्यात् दुनियाको दोस्रो ठूलो इकोनोमीको रूपमा स्थान बनाईसकेको छ। यसलाई जान्नको निम्ति बिजनेस जगतमा शोध शास्त्रीहरूको होड़ लागेको छ। यसको निम्ति छात्रहरूलाई चीन यूरोप इन्टरनेशनल बिज़नेस स्कूलको माध्यमले अध्ययन गराइनेछ। वर्तमानमा यस स्कूलमा 180 छात्रमध्ये 22 छात्र उत्तर अमेरिकाका छन्
हिन्दुस्थान समाचार/ भवानी