Hindusthan Samachar
Banner 2 रविवार, अगस्त 19, 2018 | समय 06:10 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

नारी एकीकरण यात्राअन्तर्गत नारी जागरण अभियान सम्पन्न

By HindusthanSamachar | Publish Date: Jun 14 2018 10:02PM
नारी एकीकरण यात्राअन्तर्गत नारी जागरण अभियान सम्पन्न
रिनाक, 14 जून (हिस)। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नारी एकीकरण यात्रा अन्तर्गत नारी जागरण अभियान आज रिनाक निर्वाचन क्षेत्रको एसकेएम पार्टी कार्यालयमा सम्पन्न भयो। सो जागरण अभियान कायक्रर्ममा सभापछिको रुपमा रिनाक निवासी श्रीमती यशोधा आचायर् रहेकी थिइन्‌ भने मुख्य अतिथिको रूपमा सिक्किम क्रान्तिकारी मोर्चाका कायर्वाहक अध्यक्ष तथा विधायक कुङ्‌गा निमा लेप्चा रहेका थिए। नारी सशक्तिकरण तथा नारी एकताको उद्देश्यले काम गर्दै आइरहेको नारी मोर्चाकी महासचिव पवित्र भण्डारी, जिल्ला समन्वयक गङ्‌गा पर्साई, चन्द्रकला शमर्ा, रूपा थापा, विद्यार्थी मोर्चाकी उपाध्यक्ष भीम कुमारी शमर्ालगायत क्षेत्र वरपरका नारीहरुको बा्नलो उपस्थिति रहेको थियो। एसडीएफ पार्टीले 24 वर्षको लामो शासनकालमा नारी सशक्तिकरणको कुरा केवल भाषणहरुमा मात्र हॉंक्ने तर व्यवहारमा उतार्न भने विफल रहेको विभिन्न वक्ताहरुले मन्तव्य गरे। मुख्य अतिथि एसकेएम पार्टीका कायर्वाहक अध्यक्ष कुङ्‌गा निमा लेप्चाले सिक्किममा नारी जातिको सम्मान गर्नुपर्ने कुरामा जोड दिए। उनले माता अनुशुय्या, माता दुर्गा एवं माता लक्ष्मीको उदाहरण दिँदै नारी जातिलाई केवल एसकेएम पार्टीले मात्र मान सम्मान र सत्कार दिएको र भविष्यमा पनि सम्मान दिने प्रतिवद्धता जनाए। एसकेएम पार्टीमा नारीहरुको आफ्नो सक्रिय बनेर परिवर्तनको यस क्रान्तिमा होिमएको देखेर आफू हर्षित बनेको साथै एसकेएम पार्टीले आज पनि र भोलि सरकार गठन भएपचि पनि नारीहरुलाी समान हक र अधिकार दिने छ भने। यसै सिललिसामा विधायक लेप्चाले एसडीएफ पार्टीको पनि खोइरो खने। सत्तारुढ पार्टीले आफ्नो राजनैतिक कायक्रर्ममा विशेष गरेर विद्यार्थी तथा सरकारी कमर्चारिलाई हतियार बनाएकोमा दुख व्यक्त गरे। सत्तारुढ पार्टीले सिक्किममा 24वर्ष सत्तामा बसेर पनि आज सत्ताको भीख माग्दैै विद्यार्थी र कमर्चारिको गलत प्रयोग गरेकोमा चामलिङमाथि बर्सिए। एसकेएम पार्टीका जोर 2का प्रचार सचिव भवानी घििम रेद्वारा जारी एक प्रेस बयानमा बताए अनुसार, विधायक लेप्चाले भने, कमर्चारीहरुलाई उनीहरुको हक अधिकार दिन नस्नने मुख्यमन्त्रीले चाम लिङले तिनीहरुलाई केवल भोट हत्याउने हतियार बनाउन बन्द गर्नुपर्छ। कमर्चारीहरुले पाउने अधिकारबाट तिनीहरुलाई वञ्चित गराएर पॉंचौं वेतन आयोगसम्म लागू गर्न सकेको छैन भने। एसडीएफ पार्टीलाई चेताउनी दिँदै विधायक लामाले भने, चामलिङले कमर्चारीहरुलाई तिनीहरुले पाउनु पर्ने अधिकारबाट एक इँञ्च पनि तल नगरोस्‌। कमर्चारीहरूले पाउनुपर्ने वेतन वृद्धि 1 जनवारी 2016 देखि कै पाउनुपर्छ नत्र आफू सड़कमा उत्रिएर आन्दोलन थाल्ने चेताउनी दिए। पञ्चायतहरुलाई पनि पार्टी छुट्याएर विकास बाडेको आरोप लगाउदै विधायक लामाले पञ्चायतहरुको यस्तो कोल्टे नीतिकै कारण आज गाउँ-गाउँबाट एसकेएम पार्टीलाई मानिसहरुले साथ दिइरहेको बताए। यसरी नै विद्यार्थीहरुलाई लिएर राजनीतिर नगर्ने पनि विधायक लामाले मुख्यमन्त्री चामलिङलाई सुझाउ दिएका छन्‌। आजको सभामा बोल्दै महासचिव (नारी मोर्चा) पवित्र भण्डारीले एसडीएफ चेली मोर्चाको खोइरो खनिन्‌। उनले भनिन्‌, एसडीएफका चेली मोर्चा चुनाउ नजिक आएपछि सिक्किमव्यापी घुम्दै चेलीहरुको सुरक्षा र सम्मान दिने पार्टी एसडीएफ र यसका नाइके पवन चामलिङ हो भन्दै चेलीहरुलाई अल्मल्याउने काम बन्द गर्नुपर्छ। जब चेलीहरुलाई समस्यपर्छ त्यसबेला चेली मोर्चाका नेत्रीहरु कुन दूलोमा लुकेको हुन्छ थाहा हुदैन भने जब विपक्षीका नारीहरु सिक्किमे चेलीहरुले साचो रूपमा राजनैतिक अधिकारलाई उपभोग गर्ने अवसर दिन राज्यको भ्रमणमा निस्किए त्यस समय जनता भुलेको एसडीएफ चेली मोर्चा पनि गाउँ-गाउँ घुम्नु किन आवश्यकता पर्‍यो? भन्दै उनले प्रश्न तेर्साइन्‌। एसडीएफ चेली मोर्चाले अहिले सरकारी कायर्ालयहरुमा पार्टीका काम गरेकमा पनि सुश्री भण्डारीले प्रशासनमाथि पनि औंला उठाएकी छन्‌। एसडीएफ चेली मोर्चाहरु अहिले विशेष गरेर पार्टीको कायक्रर्महरु सरकारी भवन, पञ्चायत घरहरु, सरकारी कायर्ालयहरुमा गर्नु सरकारी नियमको अवहेलना गरिनुका साथै एसडीएफ चेली मोर्चामा विवेकताको कमी र अल्पज्ञानी प्रवृद्धि हो भनी कटाक्ष गरिन्‌। उनले भनिन्‌, प्रशासनले पनि राजनीतिक कायक्रर्महरु सरकारी कायर्ालयमा गर्ने मञ्जूरी कसरी दियो? भन्दै प्रशासनले यदी पार्टीको कायक्रर्म गर्नु सत्तारुढ दलालाई दिन्‌ भने भोलिको दिनमा सिक्किमका तमाम दलहरुलाई पार्टी कायक्रर्म गर्ने छूट दिइनु पर्ने सुश्री भण्डारीले माग गरिन्‌। यदी प्रशासनले यकोल्टो नीति गर्ने केवल सत्तासीन दललाई मात्र चेप्ने काम गर्छ अनि प्रशासन पनि एसडीए़फ पार्टीको राजनैतिक कटपुतली भएर काम गर्न बन्द नगरे एसकेएम नारी मोर्चाले यस विषयमा ठूलो कदम उठाउने पनि उनले चेताउनी दिइन्‌। मुख्यमन्त्री पवन चामलिङले जन सम्पर्क अभियानको क्रममा आफ्नो 24 वर्षे शासनकालमा बाहुनहरुमाथि ठूलो अन्याय भनेको छ भनेर दिएको बयानको पनि सुश्री भण्डारीले संज्ञानमा लिँदै ‘गायत्री म न्त्र’ र गोपाल गुरुङको ‘सिक्किमको राजनीतिमा अदेखा सच्चाई’ जस्तो समाज भाड्‌ने कुराको बैसाखी टेकेर सत्ताको भयर्ाङ चढेको व्यक्तिबाट बाहुन छेत्रीलाई न्यायको आशा गर्नु नै बेकार हो भनिन्‌। पवन चामलिङ आफै मुख्यमन्त्री भएर कसलाई न्याय मागेको? यदि विपक्षबाट न्याय मागेको हो चामलिङले भने हामी एसकेएम पार्टी सिक्किमका सम्पूर्ण जाति समुदायलाई उनीहरूको हक अधिकार समान रुपमा दिन कै निम्ति मैदानमा उत्रिएका छौ। 24 वर्षसम्म पनि सिक्किमका सबै जाति समुदायलाई सम्मान हक र अधिकार दिन नस्नने चामलिङले जनतालाई सत्ताको भीख माग्दै हिड्‌ने अधिकार छैन, सुश्री भण्डारीले कटाक्ष गरिन्‌। आजको सभामा विद्यार्थी मोर्चाकी उपाध्यक्ष श्रीमती भीम कुमारी शर्‍माले पनि सम्बोधन गरेकी थिइन्‌। यसरी नै पार्टीका उपाध्यक्ष विष्णु कुमार खतिवड़ाले पनि सम्बोधन गरे। आज नै रिनाक क्षेत्रबाट 6 परिवार एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा विधिवत रुपमा सामेल भएको भनावी घिमिरेले प्रेस बयान मार्फत जनाएका छन्‌। हिन्दुस्थान समाचार/बिशाल
image